सगरमाथा स्कुलको निरन्तर सफलता : १३ वर्षदेखि एसईईमा सतप्रतिशत नतिजा

|

नेपालगन्ज । सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यो वर्ष समेत शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा शतप्रतिशत सफलता हासिल गर्दै आफ्नो गौरवपूर्ण शैक्षिक इतिहासलाई निरन्तरता दिएको छ ।
गत वर्षको जस्तै यस वर्ष पनि परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट अंक ल्याई पूर्णरूपमा सफल भएका छन् । लगातार १३ वर्षदेखि सतप्रतिशत नतिजा ल्याउने यस स्कूलले स्कूलको गरिमा कायम राख्न सफल भएको स्कूलका एमडी कौशल पाण्डेयले जानकारी दिनुभयो ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरेको छ ।
सगरमाथा स्कुलले गुणस्तरीय शिक्षण, अनुशासन, समर्पित शिक्षक तथा आधुनिक शिक्षण प्रणालीलाई आधार मानेर विद्यार्थीको शैक्षिक प्रगतिमा विशेष ध्यान दिँदै आएको एमडी पाण्डेयले बताउनुभयो । यसैको परिणामस्वरूप प्रत्येक वर्ष एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।
विद्यालयले अबको शैक्षिक यात्राका लागि सम्पूर्ण विद्यार्थीहरूलाई सगरमाथा कलेजमा अध्ययनका लागि स्वागत गर्दै, उत्कृष्ट शिक्षण वातावरण र गुणस्तरीय शिक्षाको लागि सगरमाथा नै सबैको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरेको छ ।

२०८२ असार १८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।