१५ दिने बारिस्ता तालिम सम्पन्न

|

नेपालगन्ज । साहारा हाउसको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा १५ दिने बारिस्ता तालिम आज सम्पन्न भएको छ।
सो समापन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आफ्नो हातमा सिप भएपछि जहाँ गए पनि स्वावलम्बी भएर बाँच्न सक्ने बताउनुभयो। उहाँले लागुऔषध प्रयोगकर्तालाई लक्षित गरी नेपालगञ्ज उपमहानगरपालिकाले बजेट विनियोजन गरेको र आगामी दिनमा पनि यस्ता आयमूलक कार्यक्रमहरू ल्याइने बताउनुभयो ।

सो समापन कार्यक्रममा साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले कार्यक्रमको उद्देश्य तथा कार्यक्रममा सहभागी हुने सम्पूर्ण सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। सो तालिममा प्रशिक्षक द्वय हेमन्त शाही र किरण शाहीले प्रशिक्षण दिनुभएको थियो।

सो तालिममा ३० जना भन्दा बढी सहभागी हुनुभएको थियो। सो समापन कार्यक्रममा मानव सेवा विकास केन्द्रका अध्यक्ष प्रमोदकुमार शाहु, नयाँ आशा पुनस्थापना केन्द्रका रमेश उप्रेती,आश्रय सेवा केन्द्रका सञ्चालक मेराज अहमद हलवाई , रोजगार सेवा केन्द्र नेपालगञ्जका संयोजक मञ्जु ज्ञवालीको पनि सहभागिता रहेको थियो। सो समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष सुर्यलाल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

२०८२ असार ७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।