
कैलाली । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा रक्तदाता दर्ता एबं बृहत रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
दारी ग्याङ Nepali Beard Lovers टीकापुर उपशाखा र 4-H Nepal AFU section,Tikapur ,Kailali को आयोजना र वेल इजुकेशन टीकापुर, Nepal Red Cross Society टीकापुर उपशाखाको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको थियो।
वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसको प्राङ्गडमा सो कार्यक्रम सम्पन्न भयको थियो । सो कार्यक्रममा रक्तदान गर्नुहुने सामाजिक नायक रक्तदातालाई आयोजकको तर्फबाट धन्यवाद प्रकट गरिएको थियो। सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका निवर्तमान सभापति जगदिश्वर पण्डितको पनि उपस्तिथि रहेको थियो । टीकापुर अस्पतालका चिकित्सक डा. अंकित आचार्यलाई आयोजकको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरिएको थियो। सो रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गर्नुभएको थियो।