
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको चारदिने पत्रकार अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ।
दुई फरक समूहमा सञ्चालित यस कार्यक्रममा कुल ८० जना पत्रकारहरुले सहभागिता रहेको थियोे ।
कार्यक्रममा महासंघका महासचिव रामप्रसाद दाहाल र प्रशिक्षक केपी ढुंगानाले मल्टीमिडिया पत्रकारिता, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिताका विषयमा गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमका सहभागी पत्रकारहरुले प्राप्त ज्ञान र सीपले आफ्नो पेसागत क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। महासंघ बाँके शाखाले पत्रकारहरुको क्षमता विकासका लागि यस्ता तालिमहरु निरन्तर आयोजना गर्दै आएको अध्यक्ष नबिन गिरिले बताउनुभयो ।