लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

|

बारा । जिल्ला प्रशासन कार्यालय बाराको आयोजना र जिल्ला प्रहरी कार्यालय बाराको समन्वय तथा सहजीकरणमा लागू औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव, सशस्त्र प्रहरी निरीक्षक अनितामैयाँ नहेम्हाफुकी, जनस्वास्थ्य अधिकृत रविकुमार भाष्कर, प्रहरी सहायक निरीक्षक राजकिशोर पटेल लगायतका अतिथिहरूको आतिथ्यता भएको उक्त सचेतनामूलक कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक जियालाल प्रसाद कुशवाहा , प्रशिक्षण रविकुमार भास्कर र राजकिशोर पटेलले दिनुभएको प्रशिक्षणमा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत करिब २०० जना विद्यार्थीहरूको सहभागितामा भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्रीधर भण्डारीले गर्नुभएको थियो ।

उक्त सचेतनामूलक कार्यक्रम जिल्लामै पहिलो सञ्चालन गढीमाई महेन्द्रबाटै भएको र आफू र आफ्नो परिवारलाई धूम्रपान र सुर्तीजन्य पदार्थबाट कम्तिमा जोगिन र जोगाउन सकेमा समेत कार्यक्रम फलदायी बन्ने कुरा सहायक प्रमुख जिल्ला अधिकारीज्यूले राख्नुहुँदै कार्यक्रम समापन भएको थियो ।

२०८२ जेष्ठ ३०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।