काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। ४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाको रिपोर्ट आएकाेमा ७४० जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे प्रवक्ता गाैतमले बताए।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।कोरोना भाइरसका कारण आज पनि एक ज्यानको ज्यान गएको घोषणा गरिएको छ । काठमाडौं महानगरपालिका नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुषको असार १७ गते निधन भएको हो । छातीसम्बन्धी समस्याबाट काठमाडौंकै एक निजी अस्पतालमा उपचार गराइरहनु भएका उहाँ स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले शुक्रबार जानकारी दिनु भयो ।
हिजो पनि काठमाडौंका शिक्षण अस्पतालमा उपचाररत शिशुको कोरोनाकै कारण ज्यान गएको थियो । अब नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।