
नवलपरासी / नवलपरासी पूर्वमा बिहान स्कुल भ्यान र एम्बुलेन्स आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। यो दुर्घटनामा अरु पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान आपसमा ठोक्किएका हुन्। बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा।२० च ७२ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका(१ का ५२ वर्षीय कुलप्रसाद सुबेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।