
नेपालगन्ज । निर्धन उत्थान लघुवित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय उदयपुरले आज नेपालगन्जमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । केन्द्र प्रमुखहरुका लागिहरुको सहभागिता गराउँदै एक दिने गोष्ठी नेपालगन्जमा गरिएको उदयपुर शाखाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिस्टले निर्धन उत्कृष्ट संस्था भएकोले निर्धक्क साथ लगानी गर्नुपर्ने, अराजक गतिविधिमा नलागी लागि बचत गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले ऋण लिने सदस्यलाई सहुलियत प्रदान गर्नुपर्ने बताउनुभएको थियो ।
शाखाले गरिरहेको कार्यले ग्रामीण क्षेत्रको उत्थान तथा विकासमा सहयोग पुगेको समेत बताउनुभयो । गोष्ठीमा केन्द्र प्रमुखहरुलाई बित्तीय कारोबारका बारेमा जानकारी प्रदान गरिएको थियो भने उहाँहरुले गर्दै आएको अभ्यासका बारेमा छलफल गरिएको थियो ।
गोष्ठीलाई लिमिटेडका क्षेत्रीय प्रबन्धक मिन बहादुर हमालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उदयपुर शाखा प्रमुख उदयपुर शाखा प्रमुख उमनाथ तिमिल्सिनाले शाखाको विषयमा जानकारी दिनुहुँदै संस्थाले विगत तथा वर्तमानमा गरेको सेवा र भावी रणनीतिको बारेमा अवगत गराउनु भयो। सो गोष्ठीमा ९० जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको गोष्ठीको उदयपुर शाखाका लेखापाल प्रभात कुमार शाहले संचालन गर्नुभएको थियो । सो कार्यक्रम कल्पना शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।