फोनिज बाँकेद्वारा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

|

नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको आयोजनामा भएको नव बर्ष शुभकामना आदानप्रदान बधाई तथा सम्मान कार्यक्रम मंगलबार नेपालगन्ज न्युरोड गुम्बामा सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेका अध्यक्ष अशोक थापा मगरको अध्यक्ष्यतामा भएको कार्यक्रममा बाँके प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगर, फोनिज लुम्बिनी प्रदेश ईन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्र गुरुङ, फोनिज केन्द्रिय बरिष्ठ सदस्य प्रज्वल कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश कोषाध्यक्ष भगतराम थारु र नेकपा एकीकृत समाजबादी बाँकेका अध्यक्ष दिपक जिएमलाई सम्मान गरिएको छ ।

सम्मान तथा बधाई सँगसँगै नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु हुनेमा नेपाल आदिवासी जनजाति महासंघ बाँके अध्यक्ष डम्बर थापा मगर, बाँके गुम्बा सघ अध्यक्ष नुरि शेर्पा, तामाङ घेदुङ सघका अध्यक्ष सरोज तामाङ, तमु हयुल छोज धीका अध्यक्ष भिम गुरुङ, नेपाल मगर संघ बाँकेका सचिव खडक रजाली मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेकी पुर्व अध्यक्ष उमा थापा मगर, फोनिज पुर्व अध्यक्ष समिरमान श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेका उपाध्यक्ष सोम गुरुङ, बाँके मगर संघ नगर अध्यक्ष राजन राना मगर, नेपाल शिव सेंना केन्द्रीय अध्यक्ष किशोर लामा, क्यान बाँके उपाध्यक्ष ओस्कर थापा मगर, आप्रवासी श्रमिक सञ्जाल / रिटर्नी माइग्रेट नेपालको जिल्ला अध्यक्ष अमर श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष दिपेन्द्र कुमार जोशी, कलाकार सुन्दर गुरुङ, टेक बहादुर पुन, रिऋी थापा मगर, पत्रकारहरु खम्ब पुन मगर, गोपि बुढा, शरण कर्माचार्य, जागेश्वर थारु, लगायत आइते पुनमगर, बिजय गुरुङ, चेत बहादुर घर्ती लगायले शुभकामना बधाई तथा सम्मान गरेका थिए ।

अध्यक्ष थापाले उक्त कार्यक्रमलाई सफल बनाउन नेपालगन्ज उपमहानगरपालिका वडा न.४ , सादा ओैंषधी पसल, तपस आर्ट ग्यालरी, न्यु स्वर्गद्वारी इलेक्ट्रोनिक मोबाइल पसल, जगदम्बा आल्मुनियम डेकुरेशन , चर्ति फ्लोरा , जयस जंग शाह, सुनिल केसी र व्यासचन्द्र मिश्रको सहकार्यमा कार्यक्रम सफल भएको तथा कार्यक्रममा फोनिज बाँकेको निमन्त्रणालाई स्वीकार गरि उपस्थिति हुनु भएका सम्पुर्ण संगठनका अतिथिलाई बिशेष धन्यवाद दिनुभएको थियोे भने कार्यक्रम संचालन फोनिज बाँकेकी सचिव सुमन श्रेष्ठले गर्नु भएको थियोे ।

२०८२ बैशाख २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।