
नेपालगन्ज । समुदायस्तरमा अझै पनि मानव बेचिवखिनबारे मानिस अनभिज्ञ नै छन्। अनभिज्ञताकै कारण कतिपय मानिसहरू सहजै मानव वेचविखनको शिकार बनिरहेका पनि छन्। यही समस्याबाट सचेत बनाउन समुदायस्तरमा मानव बेचविखनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ। मानिसहरूको धेरै चहलपहल हुने अर्थात सबैतिरको मानिसहरू आउने र बास बस्ने क्षेत्र पनि भएकाले नेपालगन्ज वडा नम्बर २० सो विषयमा एक दिने सचेतनामूलक कार्यक्रम सोमबार गरिएको हो।
पछिल्लो समय सामाजिक संजालको प्रयोगका मार्फत सहजै दलालको जालोमा मानिस फस्ने हुनाले योबाट बच्न सजगता अपनाउनुपर्छ भन्ने अभिमुखिकरणको जोड थियो।
नेपालगन्ज वडा नम्बर २० वडा कार्यालयको सहयोगमा सभ्य समाज नेपाल नेपालगन्जको आयोजनामा भएको कार्यक्रम वडा अध्यक्ष कौशल कुमार धोवीले समुदायका व्यक्तिहरूलाई दुर्घटना जोगाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले पछिल्लो समय भागेर जाने चलन बढेको र त्यो क्रममा कसैको जीवनमा यसखालको दुर्घटना हुन नदिन पनि यो कार्यक्रमले सहयोग पुऱ्याउने बताउनुभयो। उहाँका अनुसार वडा कार्यालय मानव बेचिबखनबाट आफ्ना नागरिकलाई सचेत बनाउन यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको छ। कार्यक्रममा मानव बेचबिखनको अवस्था, दलालले अपनाउने तौरतरिका, लैजाने क्षेत्र तथा प्रयोग गरिने स्थान लगायतका बारेमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वडा नम्बर २० का स्वास्थ्य इन्चार्ज प्रकाश श्रेष्ठ, अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरका इन्चार्ज प्रकाश विक, आर्दश माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले मानव बेचविखन समस्याका बारेमा बोल्नुभएको थियो।
बडाका वडा सदस्यहरूसहित ६० जनाको उपस्थिति रहेको सचेतनामूलक कार्यक्रमलाई सोम गुरुङले सहजीकरण गर्नुभएको थियो भने संस्थाका कार्यकारी निर्देशक सूर्यलाल यादवले कार्यक्रम संचालन गर्नु भएको थियोे ।