नेपालगन्ज एक्सचेन्ज मेला हुँदै

|

नेपालगन्ज । स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वक्रसले दुई दिने नेपालगन्ज एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । गनापुरस्थित आफ्नै शोरुम परिसरमा यही बैशाख २६ र २७ गते एक्सचेन्ज मेला आयोजना गर्न लागेको हो ।

शुक्रवार र शनिवार हुने मेलामा फोर्ड, सिट्रोन, लिपमोटर, काई र जेएसी लगायत ब्राण्डको गाडीसँग कुनै पनि अन्य कम्पनीका पुरानो गाडी एक्सचेन्ज गर्न सकिने स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वक्रसका प्रबन्ध निर्देशक निरन्जन राजभण्डारीले बताए ।

स्वस्तिका अटो पश्चिम नेपालमा विश्व प्रतिष्ठित ब्राण्ड फोर्ड, सिट्रोन, लिपमोटर, काई र जेएसीको स्थानीय वितरक हो । करिब डेढ दशकदेखि नेपालगन्जमा अटो मोबाइल व्यवसाय गर्दै आएको स्वस्तिका अटोले एउटै छातामुनि धेरै प्रकारका ब्राण्ड बिक्री वितरण र साटफेर गर्ने नयाँ सोंच अगाडि सारेको हो ।

एउटै छातामुनि धेरै प्रकारका ब्राण्ड भेट्दा ग्राहकहरुलाई छनोटमा सहज हुने हामीले अपेक्षा गरेका छौं ।’ प्रबन्धनिर्देशक राजभण्डारीले भने-हमीले आफ्नै जमीनमा अत्याधुनिक भौतिक पुर्वाधार संरचना निर्माण गरी शोरुम र सर्भिसिङ सेन्टर खोलेर सेवा प्रदान गरिरहेका छौं। यसले पनि हामीप्रति आम मानिसको विश्वास आर्जन भएको छ।
नेपालगन्जलाई केन्द्र बनाएर आसपासका जिल्लामा समेत सेवा दिदै आएको स्वस्तिका अटोले ग्राहकको सन्तुष्टि नै आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ ।

२०८२ बैशाख २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।