नेपालगन्जमा ३ दिने बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम सम्पन्न

|
बाताबरण तथा बालअधिकार संरक्षण केन्द्रको आयोजना, वडा स्तरीय बालक्लव सञ्जाल वडा नं १० को सहकार्यमा र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० को कार्यालयको सहयोगमा ३ दिने बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम नेपालगन्जको गणेशमान चोक स्थित ईन्द्रेणी होटलमा सम्पन्न भएको छ ।
असार १६ गते देखि सञ्चालन भएको तालिमा वडाका बालक्लव साथै बालक्लव बाहिरका गरि ३० जना बालबालिको उपस्थिती रहेको थियो ।
श्वीकृती शर्माले उद्घोष गर्नु भएको ३ दिने तालिमको समापनमा शत्रमा १० नं. वडा कार्यालयको वडा अध्यक्ष विन्दु भुषण बस्नेत, कार्यपालिकाको सदस्य बसन्ता जोसि, वडा सदस्यहरुमा नर बहादुर विष्ट, मनोज शाही, वडा सचिव शान्ता केसि , वडाको कर्मचारी धन बहादुर थापा ,प्रदेश नं. ५ को पत्रकार महासघंको सचिव शुक्रऋषी चौलागाई , बाताबरण तथा बालअधिकार संरक्षण केन्द को अध्यक्ष तेज विक्रम शाह लागाएको उपस्थिती रहेको थियो ।
समापन कार्यक्रमा वडा सदस्य नर बहादुर विष्टले आफ्नो भनाईमा यस प्रकारका तालिमलाई तालिममा मात्र सिमित नराखि कार्यान्वय गर्न जोड दिदै विभिन्न सुचकहरु पुरा गर्न सवै जना एकजुट हुनु पर्ने र वडा कार्यलय पनि तयार रहेको बताउनु भयो ।
वडा अध्यक्ष विन्दु भुषण बस्नेतले आफ्नो मन्तव्यमा बालबालिकाको अधिकार सुनिश्चित गर्न वडा न १० कार्यालय सधै अग्रसर रहदै आएको र आगामी दिनमा पनि बालबालिकाको लागि र बालमैत्री वडा वनाउनको लागि पहिलो प्राथमिकता दिई कन्जुसाई नगरी बजेट विनियोजित गर्न प्रतिबद्धता जनाउनु भयो ।
समापन सत्रमा सहभागीहरुको प्रतिनिधित्व गर्दै अभिशेष खत्री, नेन्सी साह साथै वडा स्तरीय बालक्लव सञ्जालको अध्यक्ष अदित्य थापा, निवर्तमान उपमहानगरपालिका स्तरीय बालक्लव सञ्जालको अध्यक्ष अञ्जना चर्तुर्वेदी, प्रदेश नं. ५ को पत्रकार महासघंको सचिव शुक्रऋषी चौलागाई र कार्यपालिकाको सदस्य बसन्ता जोसिले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
समापन सत्रको अध्यक्षता ग्रहण गर्नु भएको बातावरण तथा बालअधिकार संरक्षण केन्द्रका अध्यक्ष तेज विक्रम शाहले कार्यक्रमलाई समापन गर्दै ३ दिने तालिमबाट बालबालिकाहरुमा धेरै क्षमता तथा ज्ञानमा बृद्धि भई बालमैत्री घोषणाको लागि थप उर्जा मिलेको बताउनु भयो ।
नेपालगन्ज उपमहानगरपालिका भित्रका २३ वटा वडा मध्य वडा नं. १० पनि वडा नं. १२ पछिको बालमैत्री घोषण गर्न अग्र पन्तिमा रहेको र यस वडालाई पहिलो बालमैत्री वडा बन्न पनि धेरै अवसर रहेको र त्यसका लागि संस्थाको तर्फ बाट साथै व्याक्तिगत तर्फबाट सधै तयार रहेने बताउनु भयो ।
३ दिने तालिमलाई बासका कार्यकारी निर्देशक नमस्कार शाह, बालमैत्री सहजकर्ता राजेन्द्र विष्ट र बालअधिकारकर्मी ऋतिक शाहीले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको व्यवस्थापनको पाटो पुजा थापा र पुजा के.सिले समाल्नु भएको थियो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई उच्च ध्यानमा राख्दै सेनिटाईजर, मास्क साथै सोसियल डिस्टेन्सलाई राम्रो संग पालना गरी उच्च सतकर्ता अपनाएर तालिम सञ्चालन गरिएको वडा स्तरीय युवा क्लवका पदाधीकारी ओजस्वी जोसिले बताउनु भयो ।

२०७७ असार १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।