
काठमाडौं । विभिन्न अलर्ट एसएमएसमार्फत फिसिङ लिंक पठाइ ईसेवामा पहुँच स्थापित गरेर चार हजारभन्दा बढीको खाताबाट रकम चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
उक्त आरोपमा कञ्चनपुरको कृष्णपुर १ स्थायी घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जि।सी।ले जानकारी दिए ।
उनले ती एसएमएसहरु मोबाइलमा पठाएर ‘तपाईंको खाता सस्पेण्ड हुन लागेको’भनी चेतावनी दिई भेरिफाई गर्नको लागि लिंक खोल्न लगाउने गरेका थिए । त्यसपछि सम्बन्धित व्यक्तिहरुको ईसेवा खातामा पहुँच पुर्याएर रकम चोरी गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।उनले पशुपति ग्लोबल ईनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा एक करोड २ लाख रुपैयाँ रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।