
कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा अवस्थित समाज सेवा संस्था नेपालले एम्बुलेन्स सञ्चालनमा ल्याउने खबरले स्थानीय नागरिकहरु खुशी भएका छन् । संस्थाले नयाँ वर्षको अवसर पारेर एम्बुलेन्स सन्चालनको तयारी गरेको छ । समाज सेवा संस्था नेपालले विगतदेखि सचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रिबन काटेर शुभारम्भ गर्नु भएको थियो । प्रमुख अतिथि जोशीले निस्वार्थ भावनाले सामाजिक कार्य गर्नुपर्ने र निरन्तर सामाजिक अभियान सञ्चालन गर्नु पर्ने बताउनुभयो । समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले एम्बुलेन्स खरिदका लागि आफु निरन्तर सक्रिय भई लागेको बताउनुभयो । एम्बुलेन्स खरिदका लागि एक रूपैयाँदेखि १ लाखसम्मको सहयोग गर्ने सबै सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त समेत प्रदान गरिएको थियो ।
रकम संकलन अभियान २०७८ साल कात्तिक १८ गतेदेखि २०७९ फागुन २८ गतेसम्म सञ्चालन भएको समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले बताउनुभयो । रकम संकलन अभियानबाट जम्मा उठेको रकम रु. १८,८९,३६० र खर्च ७,७०,९७० र जम्मा बचेको रकम ११,२०,३९० एम्बुलेन्सलाई परेको रकम फिनिसिङ सहित २५,४१,००० परेको बताउनुभयो साथै समाज सेवा सस्था नेपालका केन्द्रिय अध्यक्ष बिनोद थापा मगरले रु. १४,२२,६१० ऋण लिएर पैसा हाली एम्बुलेन्स खरिद गरिएको थापाले जानकारी गराउनुभएको थियो । विद्यालय हाताभित्र ५० प्रतिशत छुट एम्बुलेन्स सेवा दिइने समेत जानकारी गराईएको थियो ।