नेपाल युनाइट्सले संगठनात्मक विकास कार्यक्रमको साथ नयाँ वर्षको सुरुवात

|

राजविराज । राजविराजमा आयोजित नेपाल युनाइट्सको प्रेरणादायी संगठनात्मक विकास कार्यक्रमको साथ नयाँ वर्षको सुरुवात गरेको छ ।  जसको उद्देश्य संगठन सुदृढ पार्नु र युवा–नेतृत्वमा रहेको सामाजिक रूपान्तरणको लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई सुदृढ पार्नु रहेको संस्थाका अध्यक्ष मोहम्मद जियाउल रहमानले जानकारी दिए । कार्यक्रममा सहभागी संस्थाका सदस्यहरूलाई संस्थाले अहिलेसम्म गरेको कार्यक्रमहरुको प्रस्ट पार्दै आगामी दिनहरुका लागि रणनीतिक रोडम्याप बनाउन सबैले आ– आफ्ना धारण राखेको संस्थाका अध्यक्षले बताए । सदस्यहरूको क्षमता निर्माण, नेतृत्व विकास, र कार्यक्रमको योजना, आर्थिक योजना जस्ता प्रमुख क्षेत्रहरूमा गहन छलफल गरेको बताए ।

यो कार्यक्रमले योजना बनाउने मञ्चको रूपमा मात्र नभई सामूहिक प्रेरणा र शान्ति, एकता र न्यायको नेपाल युनाइट्सको अभियानप्रति गरिएको प्रतिबद्धताको रहेकोे एक सहभागी सदस्य तथा नेपाल युनाइट्स सप्तरी शाखाका संयोजक शन्तोष यादवले बताए ।

यस कार्यक्रमका सहभागीहरुबाट नेपाल युनाइट्सको सप्तरी जिल्ला शाखाको रुपमा विस्तार गर्ने प्रस्तावलाई समेत अगाडी बढाईइको छ, जस्को संयोजक सन्तोष यादवलाई जिम्मेवारी दिईएको आयोजक संस्थाले जानकारी लिए । स्थानीय स्तरमा युवा संलग्नता, शान्ति निर्माण र वकालतको लागि बलियो प्लेटफर्म सिर्जना गर्ने एउटा महत्त्वपूर्ण कदम रहेको जिल्ला संयोजक सन्तोष यादवले बताए ।

स्थानीय सरकारबाट वडा प्रतिनिधि श्री शिवदत्त साहले उपस्थित भएका सम्पूर्ण संस्थाका अभियान्ताहरुलाई समाज रुपान्तरणमा अहम भूमिका रहेको र यो अभियानलाई निरन्तरताकालागि प्रोत्साहन गरे । उनले युवाहरूलाई संलग्न गराउन र समुदायहरूलाई रचनात्मक तरिकाले परिचालन गर्न नेपाल युनाइट्सको सकारात्मक योगदानको प्रशंसा गरे । आगामीे सम्भावनालाई पहिचान गर्दै, उनले आगामी आर्थिक वर्षमा नेपाल युनाइट्सका गतिविधिहरूलाई समर्थन गर्न स्थानीय सरकारको बजेटको एक भाग विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

२०८२ बैशाख २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।