
नेपालगन्ज / नेपालगन्जको रामलिला मैदानमा १०औं राष्ट्रिय झण्डा दिवस राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको नेपाली झण्डाको सम्मानमा १०औं राष्ट्रिय झण्डा दिवस नेपालगन्जमा मनाईएको छ । नेपालगन्जको रामलिला मैदानमा बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा उक्त दिवस मनाईएको हो । नेपाली झण्डाले सबै नेपालीलाई एक शुत्रमा बाध्ने कुरालाई महशुस गर्दै नेपाली नयाँ बर्षको पहिलो दिन देशको ध्वजको सम्मानका लागि झण्डा महोत्सबलाई सबैको साझाँ कार्यक्रमको रुपमा मनाईएको हो ।
झण्डा दिवसको अवसरमा बोल्दै अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बर्षको पहिलो दिन नेपाली ध्वजको सम्मानका लागि झण्डा दिवसको परिकल्पना गरिएको बताए । कार्यक्रममा बरिष्ट अधिबक्ता तथा बास नेपालका सल्लाहकार लोक बहादुर शाह, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपप्रमुख उमा थापा मगर लगायतले झण्डा दिवसको बारेमा शुभकामना मन्तब्य राखेका थिए ।
दिवसको औपचारीक कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेकाथिए भने कार्यक्रममा धन्यबाद ज्ञापन
सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । यसैगरी बास नेपालका शाखा मार्फत देशका विभिन्न जिल्लाहरुमा झण्डा दिवस बनाईएको छ । बैशाख १ गते नयाँ बर्षको पहिलो दिन बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, रुपन्देही, सल्यान, ललितपुर, दार्चुला, जाजरकोट, सिराहा, झापा, प्युठान लगायत जिल्लाहरुमा समेत झण्डा दिवस भब्यताका साथ मनाईएको छ ।