आजदेँखी नेपालमा रोटा भाइरस विरुद्धको खोप प्रयोगमा

|
काठमाडौं
नेपालमा आज (बिहीबार) देखि रोटा भाइरस विरुद्धको खोपको शुरु भैरहेको छ।
ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपालमा रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आएको परिवार कल्याण महाशाखाले जनाएको छ।
रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिने गरिन्छ। स्वास्थ्यकर्मीका अनुसार रोटा भाइरसविरुद्धको खोप शिशु जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिनुपर्छ।
आजदेखि नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई यो खोप दिइने महाशाखाका प्रमुख डा.झलक गौतमले जानकारी दिनुभयो।
देशभरका एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई यो खोप दिने तयारी छ। यो खोप एक साताभित्र देशका सात वटै प्रदेशमा पठाइने छ र पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल ल्याएको छ।

२०७७ असार १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।