नरैनापुरमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

|

नरैनापुर । गोपाल नीना फाउण्डेशनले नरैनापुरमा  विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ।

शनिबार आयोजित विशेष स्वास्थ्य शिविरबाट ५ सय ३२ जनाले चेकजाँच सँगसँगै ५९ प्रकारका ओैंषधी सहित सेवा लिएको गोपाल निना फाउन्डेसनका  प्रबन्धक निर्देशक दिलिप गिरिले बताउनु भयो ।

फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिएको जानकारीअनुसार नि:शुल्क स्वास्थ्य शिविरमा सबै रोगहरुको चेकजाँच सँगसँगै ५९ प्रकारका नि:शुल्क ओैषधी वितरण गरिएको थियो । सो शिबिरमा अनुभवी तथा दक्ष डाक्टर डा. गौरव श्रेष्ठ , डा नैमुद्दीन अन्सारी, डा मेघा मण्डल, डा ऋषभ श्रीवास्तव, डा हिमांशु कर्माचार्य द्वारा चेकजाँचमा गोपाल निना फाउन्डेसन टिम , नरैनापुर गाउँपालिका, अन्नपूर्ण ग्यास्ट्रो हस्पिटल , संजिवनी मेडिकल कलेज अफ मेडिकल साइन्स , गणेशमान चोक ड्रस स्टोर , सेभेन क्याफे, नेपालगन्ज लार्ज , अन्नपूर्ण ग्याष्ट्रोको सहकार्यमा एकदिने शिविर सम्पन्न भएको बताउनुभयो ।

नि:शुल्क चेकजाँच सुरुवात नरैनापुर गाउँ पालिकाका प्रमुख इश्तियाक अहमद शाह द्वारा सुरुवात गरिएको फाउन्डेसनले बताएको छ ।

निशुल्क शिविर कार्यक्रम संयोजक दिलिप गिरि, प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह , नरैनापुर गाउपालिको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह र नविन बुढाथोकी ,नेपाल औषधि बिक्रि प्रतिनिधि संघ नेपालगन्जका डिआर पाण्डे लगायत नरैनापुर गाउपालिको स्वास्थ्य शाखा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र‌का कर्मचारीको उपस्थितिमा उक्त एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको थियोे ।

२०८१ चैत्र २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।