युवा मानसिक स्वास्थ्य, प्रेरणा र सम्बन्धित अधिकारहरू सम्बन्धि कार्यक्रम सम्पन्न

|

कैलाली । एम्नेष्टी इन्टरनेशनल कैलाली युथ नेटवर्क CNRM टिकापुरको आयोजना र कृषि विद्यार्थी सम्पर्क मञ्च (ASLF), कृषि संकाय, फारवेस्टर्न विश्वविद्यालय (FWU) को सहकार्यमा “युवा मानसिक स्वास्थ्य, प्रेरणा र सम्बन्धित अधिकारहरू सम्बन्धि कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रम संयोजकको रूपमा एम्नेष्टी इन्टरनेशनल कैलाली युथ नेटवर्कका अध्यक्ष आशिका कुमारी पनेरु र ASLF FWU का उपाध्यक्ष पुस्कर जोशी रहनुभएको थियो।

“युवा मानसिक स्वास्थ्य, प्रेरणा र सम्बन्धित अधिकारहरू सम्बन्धी सत्र” सुदुरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकायमा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा युवाहरूमा मानसिक स्वास्थ्य र प्रेरणा बढाउने रणनीतिहरू अन्वेषण गरिनुका साथै मानसिक रूपमा उत्साह बढाउन तथा “मानसिक स्वास्थ्य हरेकको अधिकार हो” भन्ने सन्देशलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रमका मुख्य अतिथि सह-प्राध्यापक डा. विष्णु विलास अधिकारी, PhD रहनुभएको थियो।
प्रशिक्षकहरूमा बल बहादुर बिष्ट (संयोजक, सहारा घर, लम्की) ले प्रेरणादायी वक्तव्य, ध्यान अभ्यास र आफ्नो जीवन यात्राको सफलताको बारेमा सन्देश दिनुभयो भने, ब्रह्मा कुमार राजेन्द्र भट्ट (ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय, ॐ शान्ति, टिकापुर) ले मस्तिष्क र शरीरको सम्बन्ध तथा ध्यानको महत्त्वमाथि प्रकाश पार्नुभयो । कार्यक्रममा जम्मा १०५ जना सहभागीहरू को उत्साहजनक उपस्थिति रहेको थियो।
विशेष अतिथिहरूमा सहायक प्राध्यापक मिलन घिमिरे, संजय रावत, राम कुमार लम्साल, प्रेम पाण्डे, ऋतम्बर घिमिरे, स्वतन्त्र विद्यार्थी युनियन सभापती निर्प जङ थापा (FWU), ASLF CNRM अध्यक्ष अम्रिश यादव, 4H अध्यक्षहरू प्रदीप तिमिल्सिना (CNRM), हल्ट प्राइज क्याम्पस डाइरेक्टर धिरजङ भण्डारी, पूर्व अध्यक्ष ASLF FWU आयुष पन्त, Nasa FWU सभापती दीपक विष्ट IAAS FWU LD संस्कृति जोशी, र एम्नेष्टीका सल्लाहकार समिति सदस्य अंकित पोख्रेल तथा सन्दीप ऐडीहरूको उपस्थिति रहेको थियो।

२०८१ चैत्र २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।