
नेपालगन्ज । नेपालगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा देवार्चना अधिकारीसहित प्यानलै निर्वाचित भएको छ । उनी अनेरास्ववियुको तर्फबाट उम्मेदवार थिइन् । नेपाल बिद्यार्थी संघकी शुरेसमा थारुलाई पराजित गर्दै २ सय ३४ मतका साथ अधिकारी निर्वाचित भएको क्याम्पसका सूचना अधिकारी सरोज हरिजनले जानकारी दिनुभयो ।
यस्तै सचिवमा अनेरास्ववियुकै ईशा पौडेल र कोषाध्यक्षमा अस्मिता सिंह निर्वाचित भएका छन् । उनीहरु पनि अनेरास्ववियुकै रहेको बताइएको छ । यसैगरी सदस्यहरुमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही, यशोदा खड्का निर्वाचित भएका छन् ।