
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न.१० स्थित गणेशमान चोकमा रहेको बिएन अस्पतालले आफ्नै अस्पताल परिसरमा कान अप्रेसन शिविरको पहिलो दिन १ सय ५५ जनाले चेकजाँच गराएका छन ।
उक्त कान अप्रेसन शिविर बिएन कम्यूनीटी ईयरकेयर सर्भिसद्वारा संचालित बिएन अस्पतालको आयोजना र ब्रिनोज युकेको सहकार्यमा भएको कान अप्रेशन शिविर चैत्र २ देखि १८ गते सम्म चल्ने छ भने आज पहिलो दिन महिला पुरुष गरी १ सय ५५ जनाले सेवा लिएको बिएन अस्पतालका प्रबन्ध संचालक राम बहादुर बोहराले बताउनु भयो ।
पहिलो दिनको कान अप्रेसन शिविरमा ५५ बर्षका बृद्धा देखि १० वर्षका बालबालिकासम्मका चेकजाँचमा अधिकांशको कानमा काने गुजी भरीएको , केही कान कम सुन्ने , धेरैको कानको जाली समस्या र हड्डी खाने समस्या भएका बिमारीहरुलाई सहुलियत दरमा शल्यक्रिया गर्ने अस्पतालका प्रवन्ध सञ्चालक रामबहादुर बोहराले जानकारी गराउनु भयो ।