
बर्दिया । मधुवन नगरपालिका–४ लाई शनिवार बालविवाह मुक्त घोषणा गरिएको छ । उक्त पालिकाले पहिलो पटक वडा नम्बर ४ लाई बालविवाह मुक्त घोषणा गरेको हो। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक कार्यक्रमबीच उक्त वडालाई बालविवाहमुक्त घोषणा गरेका हुन् । वडा नम्बर ४ पालिकाकै पहिलो बाल विवाह मुक्त वडाको रुपमा घोषणा भएको छ । प्रदेश सरकार समुदायमा सामाजिक समस्याको रुपमा रहेको बाल विवाह अन्त्यको लागि हातेमालो गर्न तयार रहेको उहाँको प्रतिबद्धता छ । सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पुर्ण संयन्त्रहरु एकजुट भएर बाल विवाहको बिरुद्धमा उभिए पक्कै पनि बाल विवाह अन्त्य गर्न सकिने उहाँको विस्वास थियो ।
प्लान इन्टरनेशन नेपाल र भेरि वातावरणिय बिशिष्टता समुह बि, ग्रपु बाँके ले बिगत ३ बर्ष देखि मधुवन नगरपालीकामा बालविवाह न्युनिकरण परियोजना मार्फत मधुवन नगरपालीकाको समन्वय सहकार्य र बिभिन्न सामाजिक अगुवाहरुको पहलमा सचेतना मुलक मुलक कार्यक्रम लगायतको सहयोगमा घर(घर पुगेर सर्भे गरी प्राप्त तथ्यका आधारमा घोषणा कार्यक्रम भएको हो ।
कार्यक्रम स्वागत मन्तब्य बोल्दै मधुवन नगरपालिका वडा नम्बर ४ का वडा बलिराम चौधरीले मधुवन नगरपालिकाले बनाएको बालविवाह सम्बन्धि निर्देशिका अनुसार वडालाई बाल विवाह मुक्त घोषणा गरिएको बताउनु भयो । सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार मधुवन नगर पालिकालाई वि.स. २०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो चरणमा वडा नम्बर ४ लाई बाल विवाह मुक्त घोषणा गरिएको भेरि वातावरणिय बिशिष्टता समुह बि, ग्रपुका कार्यक्रम प्रबन्धक भानुलिम्बुले बताईएको छ ।
मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरी अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न समुह संजालबाट सचेतनामुलक साँस्कृतिक झाँकी, कलाकारहरुको कला प्रस्तुती, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो । साथै सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (बि-ग्रुप), बाँकेलाई सम्मान समेत गरेको छ । यस अभियानलाई सफल बनाउन मधुवन नगरपालीका संगको समन्वयमा समुदाय स्तरमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।