दिपाश्री निरौलाले मागिन् क्षमा

|
आदरणीय साथिहरू:
भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे
श्री कृष्ण भगवान माथि पनि बेला बेलामा
औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ..
के प्रधानमंत्री, के महानायक, के कलाकार , अथवा के भगवान सबै संग गुनासो गर्न पाइन्छ!
एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केहि आशा पनि हुन्छ नै मेरो आशय त्यति मात्र हो !!!
राजेश हमाल लाइ सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन , छैन र हुने पनि छैन , मेरो पहिलो चलचित्रको नायक हो उहॉ, उहॉलाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ !
काठमाण्डू मा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकि म सामान्य कलाकार हूँ , मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन .. हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो , हुनुहुन्छ र पछि सम्म रहि रहनु हुनेछ ..तर उहॉले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहॉलाइ भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि …. तथापी मेरो अभिव्यक्ति ले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएको मा भने म सबै हमालज्यूको फ्यानहरू संग माफि माग्दछू र भबिष्यमा अन्तर्बाता दिदा , पत्रकार को आशय र उस्को उदेश्य बुझेर शब्द संयोजनमा सचेत भएर , जवाब दिने कोशिस गर्नेछू !
एउटा महिला कलाकार हुँ, कतिपय ब्यक्तिले गर्नु भएको अत्यन्तै अशभ्य गालि, पचाउनै नस्कने आरोपहरू , सुन्न पनि हिच्किचाइनु पर्ने शब्दहरु लाइ पनि सामान्य रूपमा नै लिएको छू किनकि म त कलाकार हूँ, हामिले सहनू नै पर्छ .. एउटा प्रश्न चाहि उब्जिएको छ मनमा , घरमा तपाइका दिदि बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गालि गर्नु हुन्छ ?
अब मलाइ साच्चिकै माया गर्ने , मेरो त्रुटिमा मन दुखाउने र सूझाबहरू दिने आदरणिय महानुभाव हरू प्रति त म सधै झै नतमस्तक छू
मेरो कारणले मन दुखेंको होला क्षमा चाहन्छू है?

२०७७ असार १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।