
टिकापुर । अन्तराष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा एमनेष्टी इन्टरनेशनल कैलाली युथ नेटवर्कले टीकापुर नगरपालिकाको सहकार्यमा मातृभाषाको महत्व शीर्षकमा नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
सो कार्यक्रमको मुख्य उद्देश्य भनेको मानिसले आफ्नो मातृभाषा बोल्न पाउनु र मातृभाषाको संरक्षण गर्नु पर्ने दायित्व रहेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता एमनेष्टी इन्टरनेशनल कैलाली युथ नेटवर्ककी संयोजक आशिका पनेरुले गर्नु भएको थियो भने प्रमुख अतिथिमा टीकापुर नगरपालिका, शिक्षा शाखाका प्राविधिक सहायक बिना कुमारी पौडेल तथा विशिष्ठ अतिथिमा सुदुरपश्चिम विश्वविद्यालय कृषि संकायका सहायक प्राध्यापक प्रेम पाण्डे र कर्णाली माध्यमिक विद्यालयका संयोजक हरिस राज अवस्थी रहनु भएको थियो।
वक्तृत्वकला प्रतियोगितामा टीकापुर नगरपालिकाका १२ विद्यालयहरुको सहभागिता रहेको थियो । त्यसमध्ये आफ्नो उत्कृष्ट प्रस्तुतीका साथ ५ जना विद्यार्थीले निम्न स्थान हासिल गर्न सफल भएका थिए ।
प्रथम मन्सु घिमिरे, रडियन्ट मन्टेश्वरी विद्यालय, द्वितिय दीपिका भाट, श्री खडग स्मृति मावि, तृतिय भुवन उपाध्याय, गनेश बाबा बोर्डिङ्ग स्कुल, सान्तवनामा हेम राज ढुंगाना, आइडियल माईलस्टेन बोर्डिङ्ग स्कुल र विप्लव ढुंगाना, माउन्ट साइपल एकेडेमी रहेका थिए । सो कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्ने सहयोगीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान समेत गरिएको थियो ।