पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

|

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजल र मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर ४३ डलर मूल्य बढाइएको छ।

अब काठमाडौं उपत्यकासहित तेस्रो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १६० रुपैयाँ पर्ने निगमको सूचनामा उल्लेख छ।

२०८१ माघ १८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।