
नेपालगन्ज । सहयात्री नेपालले २८ पुषका दिन नेपालगन्जमा वातावरणीय संरक्षण र सामाजिक सहयोगलाई प्राथमिकता दिँदै आफ्नो दोस्रो स्थापना दिवस विभिन्न प्रभावकारी कार्यक्रमहरु गरि मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले वृक्षारोपण कार्यक्रम आयोजना गरी नेपालगन्ज–८ महेन्द्र पार्कमा गुलमोहरका रुखहरू रोप्नुका साथै हिन्दू शमशानभूमिमा “सहयात्री चौतारी“ स्थापना गर्न पीपलका रुखहरू पनि रोपिएको छ । हरियाली प्रवद्र्धन र दिगो वातावरण निर्माणको प्रतिबद्धताका लागि गरिएको यो कार्यले भावी पुस्ताका लागि सकारात्मक सन्देश दिएको साथै कार्यक्रमका लागि आवश्यक रुखहरू डा. विनोद कर्णले उपलब्ध गराएर सहकार्यको भावना झल्काउन मद्दत गरेका हुन् ।
यसै अवसरमा, सहयात्री नेपालले चिसो जाडो महिनामा गरिब तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण गर्दै मानवीय सहयोग पु¥याउने कार्य गरेको पनि छ । विपन्न वर्गका व्यक्तिहरूका समस्या कम गर्न महत्त्वपूर्ण योगदान पु¥याएको पनि छ । कार्यक्रममा सहयात्री नेपालको उपसचिव देवा बहादुर क्षेत्रीले संस्थाको सामाजिक सेवाप्रतिको दृढ प्रतिबद्धतालाई जोड दिँदै, आगामी हप्तामा रक्त अभाव पूर्ति गर्न र समुदायलाई रक्तदान अभियानमा सक्रिय रूपमा सहभागी गराउन विशेष कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा सहयात्री नेपालका टिम सदस्यहरू, सहयात्री युवा फेलोसिपका सहभागीहरू र सरोकारवालाहरूले उत्साहजनक सहभागिता जनाए
का थिए । यो प्रयासले युवाहरूलाई सामुदायिक विकासमा सक्रिय भूमिका खेल्न उत्प्रेरित गरेको पनि छ ।
स्थापनाकालदेखि नै बाल तथा युवा अधिकार, महिनावारी स्वास्थ्य सचेतना, र मानव बेचबिखनविरुद्ध काम गर्दै आएको सहयात्री नेपालले यस वार्षिकोत्सव मार्फत आफ्ना उपलब्धिहरूलाई झल्काउने मात्र नभई दिगो विकास र सामाजिक सेवाप्रतिको आफ्नो दृष्टिकोणलाई थप मजबुत बनाएको छ । कार्यक्रमको अन्त्यमा सहयात्री नेपालकी सदस्य दीपा सुनारले कार्यक्रममा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै भविष्यमा थप सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरिन् ।