रोशीको बाढीपहिरो पिडितको घाउँमा पलम लगाउदै नेपाल युवा परिषद

|

काठमाण्डौ । नेपाल युवा परिषदद्धारा रोशी गाउँपालिकाका बाढीपहिरो पिडित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण सम्पन्न भयो । युवाहरुको क्षेत्र कृयाशिल भई बिगत १३ बर्ष देखि युवा सशक्तिकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायका क्षेत्रका कार्य गर्दै आई रहेको राष्ट्रिय स्तरको युवा संस्था हो नेपाल युवा परिषदले राष्ट्रिय स्तरमा राष्ट्रिय युवा सम्मेलन, प्रदेश स्तरमा प्रदेश युवा सम्मेलन गर्दै आईरहेको राष्ट्रिय स्तरको अग्रणी युवा संस्था हो ।

गत असोज १० देखि १२ सम्म परेको अबिरल बर्षाको कारणले रोशी गाँउपालिकामा ठुलो परिणाममा भौतिक र मानवीय क्षति पुग्न गयो । त्यसमा पनि बिभिन्न सामुदायिक बिद्यालयहरुको भौतिक क्षतिले त्यस बिद्यालयमा अध्ययनरत बिद्यार्थी भाईबहिनीहरुको शैक्षिक जिवनमा नै असर पर्ने पो हो की भन्ने आशयका साथ नेपाल युवा परिषद र मास्टरपीस एनवाईसीको अगुवाईमा, लायन्स क्लब इको फ्रेण्डी, चिनारी नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल र लुम्बिनी विश्व शान्त मंचको संयुक्त पहल कदमीमा रोशी गाउँपालिका को बाढीपहिरो प्रभावित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण सम्पन्न गरेको छ ।

नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले आगामी दिनहरुमा पनि यस्तै प्रकोपमा परेका बिभिन्न स्थानहरुमा समेत शैक्षिक सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखिएको कुरा व्यक्त गर्नु भयो । परिषद बि.सं. २०७२ को महाभुकम्पबाट प्रभावित बिभिन्न जिल्लाका बिद्यालय तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरको कुरा बानियाँले बताउनुभयो ।
रोशी गाउँपालिका २१५ जना बाढीपहिरो पिडित बिद्यार्थीहरुलाई पुग्ने गरी शैक्षिक सामाग्रीहरु वितरण गरेकोमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद भन्तनाले नेपाल युवा परिषद र परिषदका अध्यक्ष सरोज बानियाँ लगायत सहयोगी संस्थाहरुलाई बिशेष धन्यबाद व्यक्त गर्नु भयो । आज रोशी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा रोशी माध्यमिक बिद्यालयका २१ ज्ना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको हातबाट शैक्षिक सामाग्री वितरण गरेको कुरा परिषदका केन्द्रिय सदस्य एवं बागमती प्रदेश संयोजक नविन गिरीले बताए । साथै उक्त कार्यक्रममा नेपाल युवा परिषद काभ्रे जिल्ला अध्यक्ष शिशिर सापकोटाले आगामी दिनहरुमा पनि बिद्यार्थी लक्षित कार्यक्रम गर्ने कुराको जानकारी गरे ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले शिक्षाको उज्यालो घामबाट बिद्यार्थी भाईबहिनीहरुलाई समाजसँग जोड्न सक्नुपर्छ र बिद्यार्थी भाईबहिनीहरुले पनि समाजलाई आफुले सक्दो सहयोग गर्न सक्नुपर्छ भन्दै काभ्रे जिल्लावासीको तर्फबाट पनि नेपाल युवा परिषदलाई धन्यबाद व्यक्त गर्नु भयो ।

२०८१ पुष २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।