काठमाडौं। नेपाल युवा परिषद्ले विभिन्न ४ विद्यामा अवार्ड वितरण गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल युवा परिषद्ले विभिन्न ४ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको हो । शान्तिका माध्यमबाट सामाजिक प्रभावका लागि शिक्षा र सामाजीक उत्तरदायित्व बिषयमा राष्ट्रिय स्तरको बृहत छलफल कार्यक्रम पनि सम्पन्न भयो । उक्त कार्यक्रममा मानव अधिकारकर्मी एवं पत्रकार राजन कुईकेल र संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनका युवा विशेषज्ञ सबिन लामिछाने बिषयमा रहेर आफ्नो महत्वपूर्ण धारणा राखेका थिए ।
पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै ‘नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट पत्रकार युवराज गौतम, ‘एभरेष्ट व्रेभ अवार्ड–२०२४’ बाट सर्वोच्च शिखरमा पाइला टेकेकी कल्पना महर्जन, ‘ह्युमनिटेरियन एक्सिलेन्स अवार्ड–२०२४’ बाट डा. सुवास प्याकुरेल र ‘सस्टनेबल कन्जरभेसन एक्सिलेन्स अवार्ड–२०२४’ बाट रैनाथे खानाका प्रबद्र्धक तिलक ढकाल सम्मानित भएका हुन् । नेपाल युवा परिषद्ले पुरस्कार छनौटका लागि ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल, संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनका युवा विशेषज्ञ सबिन लामिछाने र सामाजिक अभियान्ता एवं अन्तर्राष्ट्रिय साहसिक महिला २०२३ बाट सम्मानित सबिता उप्रेती सम्मिलित समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अवार्ड पाउनेहरुको नाम सिफारिस गरिएको थियो ।
सम्मानित सबैलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सहितका अतिथिले अवार्ड वितरण गरे । कार्यक्रममा नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले नीति निर्माण तहमा युवाहरुको उपस्थिति न्यून भएकाले धेरै मुद्दाहरु ओझेल परेको बताए ।
उनले राज्यले युवामा लगानी गर्न र आगामी बर्षदेखि राष्ट्रिय युवा बर्ष मनाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।
|
२०८१ कार्तिक १३, मंगलवार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC