सरूमारानी गाउँपालिका अन्तर विद्यालय स्तरीय चाैथाे राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

|

प्युठान । सरूमारानी गाउँपालिका अन्तर विद्यालय स्तरीय चाैथाे राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भयो ।
सरूमारानी गाउँपालिकाकाे आयाेजनामा गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माकाे अध्यक्षतामा, संविधान सभा सद

स्य धन बहादुर रायमाझीकाे प्रमुख आतिथ्यतामा,गाउँपालिकाका उपाध्यक्ष बसन्ता खडका,प्रमुख प्रशासकिय अधिकृत देविराम पाठककाे विशेष आतिथ्यतामा अन्तर विद्यालय स्तरिय सरूमारानी गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता २०८१ पालिका स्तरिय खेल मैदान दर्भानमा आज समापन भयाे ।

उक्त प्रतियाेगितामा ११ विद्यालयकाे सहभागीता रहेकाे थियाे भने तपसिल अनुसारका पदक हासिल गरि निम्न विद्यालयहरू प्रथम,द्वितीय र तृतीय भएका छन । प्रथम हुने सरस्वती मावि बाङ्गेसालले स्वर्ण पदक १०,रजत पदक ८,काष्य पदक ३ गरि जम्मा २१ पदक प्राप्त गरेको थियो ।

द्वितीय हुने ऐरावती ईङलिस स्कुल दर्भानले स्वर्ण पदक ४,रजत पदक ५ काष्य पदक २ गरि जम्मा ११ पदक प्राप्त गरेको थियो । त्यसै गरि तेस्रो हुने सरसवती मावि चाभाले स्वर्ण पदक ३,रजत पदक ३,काष्य पदक १० गरि जम्मा १६ प्राप्त गरेको थियोे ।

२०८१ कार्तिक १३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।