डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

|

डडेल्धुरा / कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडीका लागि छुटेको पवनदुत यातायात प्रालिको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका(७ खसरेखानमा गएराति सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थल मै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताएका छन् ।

घाइतेहरूमध्ये २ जनालाई धनगढी पठाइएको र अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

२०८१ आश्विन ३०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।