काठमाडौँ । शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ । यो गीतले माोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको महत्वलाई जनमानसमा पु¥याउने उद्देश्य राखेको छ । यस किसिमको गीत नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक सार्वजनिक गरिएको हो ।
यस गीतका प्रमुख गायकहरू प्रभात सुवेदी र तुलसी घर्ती मगर हुन् । प्रभात सुवेदीको रचना र सङ्गीतमा रहेको यस गीतमा वातावरणीय सचेतना, फा्ेहोर व्यवस्थापनका साथसाथै माोरिङ्गाको विविधतापूर्ण उपयोग र यसका औषधीय गुणहरूको बारेमा गहिरो सन्देश प्रवाह गरेको छ ।
राजेन्द्र बजगाई्रद्वारा संगीत संयोजन गरिएको यस गीतको कोरसमा राजेन्द्र बजगाईं र प्रमोद डीजीले साथ दिएका छन् । म्युजिक किचन अनामनगरमा रेकर्डिङ्ग गरिएको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्गको कार्य मनोज परियारले गरेका छन्, जसले गीतलाई स्तरीय र श्रुतिमधुर बनाएका छन् । लिरिकल भिडियो मिक्सिंग कार्य अभिनन्दन सुवेदीले गरेका छन्, जसले गीतलाई दृश्यात्मक रूपमा आकर्षक र मनोरञ्जक बनाएको छ ।
नेपालगन्ज निवासी हेमन्तराज काफ्ले (माोरिङ्गा बाबा) हरित हेमन्तको अभिप्रेरणबाट तयार गरिएको यो गीतले जीवनबुटी माोरिङ्गाको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने गीतका गायत प्रभात सुवेदी बताउँछन् । काफ्ले नेपालका हरित अभियन्तका रुपमा परिचित छन् । उनले फूर्सदको समयमा शीतलचिनी, वर, पिपल, स्वामी, अगस्ते फूल, निम लगायतका बहुगुण्ी वनस्पतिहरु रोपण गर्ने र विषेश उत्सव तथा पर्वहरूमा विरुवा उपहार दिने गरेका छन् । “मलाई बिउ देउ, म बिरुवा दिन्छु” भन्ने अभियाान निकै लोकप्रिय बनेको छ ।
बसु गौतम, माया सिंह, रविन्द्र अधिकारी, रसिद कुरेशी, र डा. दिल बहादुर तामाङको यो गीत उत्पादनका लागि विशेष भूमिका रहेको छ ।
माोरिङ्गा, जसलाई प्रायः “जीवनको वृक्ष“ भनेर पनि चिनिन्छ, विभिन्न औषधीय गुणहरू बोकेको बहुउपयोगी वनस्पति हो । यसमा उच्च पौष्टिक तत्वहरू, भिटामिनहरू, एन्टिअक्सिडेन्टहरू, र शरीरका लागि आवश्यक अमिनो एसिडहरू पाइन्छन् । माोरिङ्गा अर्थात् शीतलचिनीले पोषण सुधार, रोग प्रतिरोध क्षमता वृद्धि, र स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्छ ।
शीतलचिनीको व्यवसायिक उत्पादन गरी विश्व बजारसम्म पु¥याई मनग्य आय आर्जन गरी समृद्ध र गुणस्तरीय जीवन बनाउन सकिन्छ । हाल यसको विश्व बजारमा ठूलो परिमाणमा माग रहँदै आएको छ । यसको फल, फूल, पात, जरा, बोक्रा सबै भागको उपयृोग गर्न सकिन्छ ।
|
२०८१ आश्विन २४, बिहीबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC