मुना पाण्डेकी आमाले पाईन आकस्मिक प्रवेशाज्ञा ( भिसा)

|

अमेरिका/मुना पाण्डेकी आमाले आकस्मिक प्रवेशाज्ञा (भिसा)पाएको जानकारी राजनितिज्ञ एड्रियन पोखरेलले बताएका छन्।
 टेक्सास ह्योस्टनमा हत्या भएकी मुना पाण्डेकी आमा अनिता पाण्डे अधिकारीलाई आकस्मिक प्रवेशाज्ञा( ईमर्जेन्सी भिसा) उपलव्ध गराउन विशेष अनुरोध सहित अगस्ट ३० शुक्रवार १२ बजे अगाडी पठाएका थिए भने आज सेप्टेम्वर ३ मॅगलवारका दिन आमालाई अमेरिकी दूतावासले प्रवेशाज्ञा जारी गरेको छ र अव आमा छिट्टै अमेरिका आउने भएकी छिन् ।
पोखरेलका अनुसार उनले टेक्ससका सिनेटर टेड क्रुज , भर्जिनियाका सिनेटरहरु मार्क वार्नर, टिम केनसॅगको समन्वय गरेको बताए । 

यस्को पहल युएनपिएसि अर्थात युनाईटेड नेपाली पोलिटिकल एक्सन लगायत नेपाली समुदायले पनि साथ र सहयोग गरेको हो । यो सॅस्थाका सॅस्थापक एड्रियन पोखरेल हुन्। उनले पत्रचार गरे पछि सबैजनालाई बोधार्थ दिएको बताए । 

२०८१ भाद्र १८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।