तनहुँ बस दुर्घटना: १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

|

काठमाडौं / तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । साथै, १६ जना घाइतेको उद्धार गरिएको छ ।

४३ जना यात्रु सवार बसमा केही व्यक्तिहरू फालफुल भएको र केही अझै बेपत्ता रहेको बताइएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो। बस हाल नदी किनारमा अड्किएको अवस्थामा छ ।
उद्धार कार्य जारी रहेकोले मृतक र घाइतेको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

२०८१ भाद्र ७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।