३ हप्ता अघिदेखि बेपत्ता भएकी ममता काफ्ले भट्टको घरमा प्रहरीहरुद्वारा व्यापक खोज तलास जारी

|

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्ट आज २१ औ दिन सम्म पनि फेला परेकी छैनन् । तर आज अगस्त २१ बुधबारका दिउसो देखि घर बाहिर ठूलो प्रहरी उपस्थिति रहेको छ ।
प्रहरीहरुद्वारा व्यापक खोज तलास जारी राखेको छ तर कुनै सुखद खबर प्राप्त भएको छैन ।


प्रहरीहरु माथि प्रश्न माथि प्रश्न गरेका छन् । आकाशबाट संचार माध्यमले हेलीकप्टर(उदग्रबिमान)ले आकाशबाट प्रत्यक्ष प्रसारण गरेको छ । प्रहरीहरुले व्खोसापक रुपमा खोजी कार्य जारी भैरहेको छ ।

स्थानीय संचार माध्यमहरुका अनुसार प्रहरीले ममताको आउने बाटो नै बन्द गरि वरपर खोज जारी राखेको छ । केही समय पछि प्रहरीले अनुसन्धान बारे केही जानकारी गराउने अपेक्षा गरिएको छ । आज २१ औ दिन सम्म पनि उनको अत्तोपत्तो नपाईए पछि सबै जनामा निराशा छाएको छ ।

२०८१ भाद्र ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।