विश्व स्तनपान सप्ताहमा सचतेनामुलक कार्यक्रम गरि मनाइयो

|

जाजरकोट(झाप्रा) । स्तनपानमा समानताःसबैको सहयोग सहभागिता भन्ने मुल नाराकाका साथ छेडागाड नगरपालिका वडा नं.११ झाप्रामा विश्व स्तनपान सप्ताह विविध सचेतनामुलक कार्यक्रम गरि मनाईएको छ ।

सो सप्ताहको क्रममा स्तनपान सम्बन्धि सरोकारवाला निकायसँग छलफल गरिएको थियो । त्यसैगरि स्तनपान सम्बन्धि सडक नाटक पनि प्रस्तुत गरिएको थियो । जस्मा सासुआमाको भुमिकामा तारा शाही, बुहारीको भुमिकामा सुवास्ना तिरुवा,छिमेकीको भुमिकामा संगिता भट्ट र रविना गिरी, महिला स्वंमसेविकाको भुमिकामा सविना भडेल र सामाजिक संस्थाको तर्फबाट धिरेन्द्र रोकायले आफनो भुमिका निभाएका थिए । सो नाटकमा स्तनपानको महत्व बारे प्रस्तुत गरिएको थियो ।

सो सप्ताहमा स्वास्थ्य चौकी, झाप्राको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहजीकरण विविध सचतेनामुलक कार्यक्रम गरि सो सप्ताह मनाईएको यौन तथा प्रजनन स्वास्थ्य अधिकार संयोजक रोशनवावु सिहंले जानकारी दिए ।

सो सप्ताह कार्यक्रममा वडा नं.११ का कार्य वाहक वडा अध्यक्ष नर बहादुर बिटालुले स्वास्थ्य क्षेत्रको सुधार गर्न स्थानीय सरकार र गैरसरकारी संस्थाको समन्वय तथा सहकार्य हुुनु पर्नेमा जोड दिनु भयो । साथै उहाँले यस्ता सप्ताहहरु समुदायमा गएर सन्चालन गरियो भने समुदायमा सचेतीकरण हुने पनि विश्वास प्रकट गर्नुभयो ।

 

२०८१ श्रावण २४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।