बालविकास केन्द्रका शिक्षकलाई प्रारम्भिक साक्षरता गणितिय सीप तालिम प्रदान

|

जाजरकोट । छेडागाड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खडग केसीले शिक्षामा बृहत परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । साथै शिक्षाको गुणस्तर बढाउनको लागि बालविकास केन्द्रका शिक्षकलाई प्रारम्भिक साक्षरता गणितिय सीप तालिम प्रदान गरिएको बताउनुभयो ।

छेडागाड नगरपालिकामा रहेका विद्यालयका प्रारम्भिक कक्षाका बालबालिकाहरुलाई प्रभावकारी रुपमा संचालन गर्न शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न, बालबालिकाहरूको आवश्यकताको आधारमा पढ्ने वातावरण सृजना गर्ने, सक्रिय सहभागितका लागि भाषा साक्षारता र गणितिय सिपका आधारभूत ज्ञान र क्षमता विकास गर्न, कक्षामा मनोरञ्जन,आनन्ददायक तथा शैक्षिक सामग्रीहरूले भरीपूर्ण वातावरण सृजना गर्ने र बालबालिकाहरूको नियमित पढ्ने बानीको विकासमा सहयोग गर्नको लागि यो तालिम सन्चालन गरिएको पाँच तारा युवा संरक्षक मन्च, जाजरकोटका परियोजना संयोजक सोम गुरुङ्गले जानकारी दिए ।

सो ५ दिने तालिममा शिक्षकहरुले पनि आफुहरुले बालबालिकाको शिक्षाको विकास गर्नमा प्रतिबद्धता जनाएका छन् । तालिम पश्चात सहजकर्ताहरुले आ–आफनो कार्य योजना समेत बनाएका छन् । सो तालिममा उद्घाटनमा छेडागाड नगरपालिकाका युवा तथा खेलकुद शाखाका अधिकृत खडग केसी र सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले विश्वकर्मा र पाँच तारा युवा संरक्षक मन्च, जाजरकोटका कार्यक्रम ब्यवस्थापक पुस्पराज खतिवडाले आ–आफना विचार राख्नु भएको थियो ।

तालिमको समापन कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष मान बहादुर बुढाले शिक्षा क्षेत्रको सुधार गर्न स्थानीय सरकार र गैरसरकारी संस्थाको समन्वय तथा सहकार्य हुुनु पर्नेमा जोड दिनु भयो । त्यसै गरि शिक्षा, युवा तथा खेलकुद शाखा, छेडागाड नगरपालिकाका शैक्षणिक श्रोत ब्यक्ति कृष्ण बहादुर थापाले आगामी दिनमा पनि पालिकाले शिक्षकको लागि पेशागत क्षमता विकासको लागि विभिन्न तालिम सन्चालन गरिने बताउनु भयो ।

सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना तथा छेडागाड नगरपालिकाको समन्वयमा सो ताालिम सम्पन्न भएको हो । सो तालिममा सहजकर्ताहरुलाई प्रारम्भिक बालविकासको परिभाषा, बालविकासका पक्षहरु, प्रारम्भिक साक्षरताका सीप क्रियाकलाप अभ्यास, प्रारम्भिक गणितिय सीप र प्रारम्भिक गणितिय सीपका सिकाइ क्षेत्रहरु र शैक्षिक सामाग्रीको निर्माण तथा यसको प्रयोग बारेमा सहजीकरण गरिएको थियो । सहजकर्ता राधा कुमारी शाही मल्लले गर्नु भएको थियो ।

 

२०८१ श्रावण ६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।