शिक्षामा सहज पहुँचका लागि छेडागाड नगरपालिकामा घरमै विद्यालय सन्चालन

|

जाजरकोट । छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापाले छेडागाड नगरपालिका भित्र रहेका अपाङ्गता बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्धेश्यले घरमै विद्यालय अभियान सन्चालन गरको जानकारी दिनु भयो साथै विद्यालय वाहिर रहेका र विद्यालयसम्म सहज पहूच नपुगेका बालबालिकाको लागि यो अभियान सन्चालन गरिएको बताउनुभयो ।

छेडागाड नगरपालिकामा रहेका घरमै विद्यालय कक्षालाई प्रभावकारीरुपमा संचालन गर्न सहजकर्ताहरुको क्षमता अभिवृद्धि गर्न, अपाङ्गता भएका बालबालिकाहरूको आवश्यकताको आधारमा पढ्ने वाताववरण सृजना गर्ने, सक्रिय सहभागितका लागि भाषा साक्षारता र गणितिय सिपका आधारभूत ज्ञान र क्षमता विकास गर्न, कक्षामा मनोरञ्जन,आनन्ददायक तथा शैक्षिक सामग्रीहरूले भरीपूर्ण वातावरण सृजना गर्ने र बालबालिकाहरूको नियमित पढ्ने बानीको विकासमा सहयोग गर्नको लागि यो अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको पाँच तारा युवा संरक्षक मन्च, जाजरकोटका परियोजना संयोजक सोम गुरुङ्गले जानकारी दिए ।

घरमै विद्यालयका सहजकर्ताका लागि २ दिने अभिमुखीकरणमा सहजकर्ताहरुले पनि आफुहरुले बालबालिकाको शिक्षाको विकास गर्नमा प्रतिबद्धता जनाएका छन् । ताअभिमुखीकरण पश्चात सहजकर्ताहरुले आ–आफनो कार्य योजना समेत बनाएका छन् । सो अभिमुखीकरणमा उद्घाटनमा छेडागाड नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत गगं बहादुर रोकाय, शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खडग केसी र सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले विश्वकर्मा,पाँच तारा युवा संरक्षक मन्च, जाजरकोटका कार्यक्रम ब्यवस्थापक पुस्पराज खतिवडाले आ-आफना विचार राख्नु भएको थियो ।

अभिमुखीकरणको समापन कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा, छेडागाड नगरपालिकाका शैक्षणिक श्रोत ब्यक्ति कृष्ण बहादुर थापाले आगामी दिनमा सहकार्य तथा समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना तथा छेडागाड नगरपालिकाको समन्वयमा सो अभिमुखीकरण सम्पन्न भएको हो ।

सो अभिमुखीकरणमा सहजकर्ताहरुलाई घरमै विद्यालयको अवधारणा र उद्धेश्य , भाषिक सिप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) ध्वनि सचेतना सम्वन्धी सामान्य जानकारी, अपाङ्गता के हो ? परिभाषा र किसिम आदि, अपांगता भएका बालबालिका र समावेशी शिक्षा र शैक्षिक सामाग्रीको निर्माण तथा यसको प्रयोग बारेमा सहजीकरण सहजकर्ता शैक्षणिक ब्यक्ति गोरख नाथ आर्चाय, हर्क बहादुर नेपालीले गर्नु भएको थियो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले छेडागाड नगरपालिकामा सहयात्रा दोश्रो परियोजना सम्पन्न गरि हाल सहयात्रा तेश्रो परियोजना सन्चालन गरिरहेको र घरमै विद्यालयलाई स्थानीय सरकारले आफनो कार्यक्रम बनाई अपनत्व लिएकोमा पालिकालाई संस्थाका कार्यक्रम ब्यवस्थापक पुस्पराज खतिवडाले घन्यवाद प्रकट गर्नु भयो ।

२०८१ असार ३१, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।