नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

|

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

 

२०८१ असार ३०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।