जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा र बारेकोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविरमा २ सय २२ बढिले सेवा लिएका छन । जेष्ठ ३१ गते नलगाड नगरपालिकाको वडा नंः १२ भगवती स्वास्थ्य चौकी अवलगुर्तामा ९२ जना र अषाढ २ गते बारेकोट गाउँपालिका वडा नंः ४ जिरी आधारभुत स्वास्थ्य केन्द्रमा १ सय ३० जना गरि २ सय २२ जना सेवाग्राहीले सेवा लिएका छन । स्वास्थ्य परिक्षण गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले जानकारी दिएको छ । ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना र नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरअपस्तालकोे समन्वयमा दुई दिने निःशुल्क शिविर सञ्चालन गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिनुभयो ।
शिविरमा अपांगतामा भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा, पाँच बर्ष मुनिका बालबालिकाहरुको अपांगता सम्बन्धी शिघ्र पहिचान र परामर्श, पाठेघरको समस्याको परामर्श, गर्धन, ढाड, कुम दुखेको, नशा च्यापिएको, हड्डी भाँचिएको, पक्षघात भएको, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण परामर्श लगायतका सेवा प्रदान गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटकाले जनाएको छ ।
त्यसै गरि शिविरमा भगवती स्वास्थ्य चौकी अवलगुर्तामा ३५ जना र बारेकोट गाउँपालिका वडा नं.४ जिरी आधारभुत स्वास्थ्य केन्द्रमा ४६ जना गरी ८१ जना अपाङ्गता भएका सेवाग्राहीहरुलाई सहायक साम्रगीहरु समेत बितरण गरिएको छ । त्यसै गरि शिबिरमा आएका बिरामीहरु मध्ये जटिलता भएका ५५ जना बिरामीहरुलाई नलगाड नगर अपस्ताल दल्ली जाजरकोट र हायर सेन्टरमा रिफर गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्काले बताएका छन ।
स्वास्थ्य चौकी भगवती नलगाड नगरपालिका वडा न १२ जाजरकोटको कार्यक्रममा कार्यक्रमको सभा अध्यक्ष वडा अध्यक्ष मोहन बहादुर खत्री, अतिथि नलगाड आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख तप्त चनारा ,स्वास्थ्य चौकी प्रमुख डिल्लीराज खड्का , ह्याण्डिक्याप इन्टरनेशनल प्राविधिक अधिकृत प्रज्वल गिरी , नलगाड नगर अपस्तालका सहायक फिजियोथेरापिस्ट प्रिमान गुरुङ्ग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्का, परियोजना सहायकहरु सहितको उपस्थिती रहेको थियो ।
त्यसै गरी जिरी आधारभुत स्वास्थ्य केन्द्र ठकुरी जिरी बारेकोट गाउँपालिका वडा ४ जाजरकोटको कार्यक्रममा कार्यक्रमको सभा अध्यक्ष वडा अध्यक्ष विष्णु बहादुर रावत,स्वास्थ्य केन्द्र प्रमुख दान कुमारी सिंह, ह्याण्डिक्याप इन्टरनेशनल प्राविधिक अधिकृत प्रज्वल गिरी, अग्निराज शाही, मनिषा सुवेदी, नलगाड नगर अपस्तालका सहायक फिजियोथेरापिस्ट प्रिमान गुरुङ्ग सहभागिता रहेको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्काले बताउनुभयो ।