शैक्षिक गुणस्तर अभिवृद्धिमा अघि बढ्दै छेडागाड नगरपालिकाका शिक्षकहरु

|

जाजरकोट(थलह) । छेडागाड नगरपालिकाका शिक्षकहरुले आफनो विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरुको सिकाइ उपलब्धि वृद्धि गर्न प्रतिबद्धता जनाएका छन् । छेडागाड नगरपालिकाका वडा नं ७ देखि १३ वडामा रहेका विद्यालयका शिक्षकहरुका लागी ५ दिने सकारात्मक अनुशासन, सामाजिक संवेगात्मक सिकाइ र लैङ्गिक समता एवं सामाजिक समावेशीकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सो प्रतिबद्धता जनाएका हुन् । तालिम पश्चात शिक्षकहरुले आ–आफनो विद्यालयमा पनि सो तालिम सन्चालन गर्ने कार्य योजना समेत बनाएका छन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना तथा छेडागाड नगरपालिकाको समन्वयमा उक्त प्रशिक्षक प्रशिक्षण ताालिम सम्पन्न भएको हो । शिक्षकहरुलाई समावेशी शिक्षा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, मनोसामाजिक सिकाइ, सकारात्मक अनुशासन, शिक्षकहरुको उत्प्रेरणा, कक्षाकोठा व्यवस्थापन, डिजिटल सीपहरु लगायत एकिकृत पाठ्यक्रममा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न र विद्यार्थिहरुको सिकाइ उपलब्धि वृद्धि गर्न, विद्यार्थिहरुको टीकाउदरमा वृद्धिमा सहयोग पुर्याउनको लागि सो तालिम सन्चालन गरिएको शिक्षा परियोजना संयोजक सोम गुरुङ्गले बताउनुभयो ।

जेठ २८ गते देखी ३२ गते सम्म सञ्चालित तालिमको सहजीकरण पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका शिक्षा परियोजना संयोजक सोम गुरुङ्ग र शैक्षणिक श्रोत ब्यक्ति गोरखनाथ आर्चाय र नारायण अधिकारी,शिक्षा अधिककृत हर्क विक र गोपाल बिक्रम कुसारीले सहजीकरण गर्नु भएको थियो । सो तालिममा छेडागाड नगरपालिका वडा नं ७ देखि वडा नं.१३ का विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

सो तालिममा सहभागी शान्ति आविका प्राधानाध्यापक कर्ण बहादुर कार्कीले यस तालिमले सकारात्मक अनुशासन र सामाजिक संवेगात्मक सिकाइ सम्बन्धि थप जानकारी पाएको बताए । आफुले सिकेका ज्ञान विद्यालयमा गएर विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिका सदस्य, शिक्षक र बालबालिकालाई सहभागी गराएर तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो साथै विद्यालय सुधार योजना र एकिकृत पाठ्यक्रम बारे प्रशिक्षण दिनु पर्ने बताउनुभयो । त्यसैगरि अर्का सहभागी  सरस्वती आविका प्राधानाध्यापक कमला कुमारी शाहीले यस तालिमले आफनो विद्यालयमा सकारात्मक अनुशासन र संवेगात्मक सिकाई बारे आफनो विद्यालयमा प्रशिक्षण दिने सहयोग पुगेको बताउनुभयो साथै शिक्षालाई अझै प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले छेडागाड नगरपालिकामा सहयात्रा दोश्रो परियोजना सम्पन्न गरि हाल सहयात्रा तेश्रो परियोजना सन्चालन गरिरहेको संस्थाका कार्यक्रम ब्यवस्थापक पुस्पराज खतिवडाले जानकारी दिनुभयो । तालिमको समापन समारोहमा बोल्नु हुदै कार्यक्रम ब्यवस्थापक खतिवडाले स्थानीय सरकारसँग समन्वय तथा सहकार्यमा छेडागाड नगरपालिकाको शिक्षाको गुणस्तर अभिवृद्धमा संस्था सदैव प्रतिबद्ध रहको बताउनुभयो ।

 

२०८१ जेष्ठ ३२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।