भुवन के.सी ले आफूमाथि दुर्व्यवहार गरेको साम्राज्ञीको भनाई

|

काठमाडौं

 चलचित्र नगरीमा पछिल्लो समय नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि निर्माताहरुले राम्रो व्यवहार नगरको भन्दै दिएको अभिव्यक्तिले चर्चा पाइरहेको छ ।

उनको यस अभिव्यक्ति पश्चात अभिनेता, निर्माता तथा निर्देशक भुवक केसीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको एउटा स्टाटसले साम्राज्ञी र भुवनबीच द्वन्द्वनै चर्काएको छ ।

भुवनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् , ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !

भुवनको यो अभिव्यक्ति पश्चात केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् । सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो । साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।

यही फिल्मको सुटिङको बेला अनमोल र साम्राज्ञीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो । अहिले भने केही कारणले उनीहरुबीच सम्बन्ध टुटीसकेको छ ।

साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टिकोण रहेको जनाएकी छन् । जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन् । आफ्नै छोराको राम्रो साथी समेत रहेकी एक युवतीलाई भुवनले गरेको व्यवहारले उनको व्यक्तित्वमाथि ठूलो प्रश्न खडा गरेको छ ।

फिल्म क्षेत्रमा प्रवेश गर्ने नव नायिका यस्ता दुर्व्यवहारबाट गुज्रिनुपर्ने वास्तविकता साम्रज्ञीले उदाङ्गो पारिदिएकी छन् । हेर्नुहोस् भिडियो सहित

 

 

२०७७ असार १६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।