अनलाइन र मोबाइल पत्रकारिता तालिम सम्पन्न

|

कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको सहयोगमा कोहलपुरमा दुई दिने अनलाइन र मोबाइल पत्रकारिता तालिम कोहलपुरमा सम्पन्न भएको छ ।

प्रविधिको विकाससंगै मोबाइल पत्रकारिता तालिम सञ्चालन गरेको महासंघका बाँके अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले प्रविधिको विकाससंगै अनलाइन मोबाइल पत्रकारिताको आवश्यकता बढ्दै गइरहेको हुदाँ कोहलपुर नगरपालिकाले नेपाल पत्रकार महासंघसंग सल्लाह गरि उक्त तालिमका लागि बजेट उपलब्ध गराएको बताउनुभयो । उहाँले पत्रकारले खोज पत्रकारितामा ध्यान दिनुपर्ने र व्यक्तिगत रिसिबीको कारणले समाचार बनाउन नहुने बताउनुभयो ।

कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले समय अनुसार प्रविधि पनि जान्नु पर्ने भएकोले यो अनलाइन र मोबाइल पत्रकारिता तालिमको लागि बजेट छुछ्याएको बताउनुभयो । सो तालिमको प्रशिक्षकमा जनक नेपाल, हरि बहादुर थापा र पत्रकार नसना बज्राचार्य रहनु भएको थियो । अनलाइन पत्रकारितामा सक्रिय ५० बढी पत्रकारहरुको उक्त तालिममा सहभागी रहेको महासंघका सचिव कमल डाँगीले बताउनुभयो ।

२०८० चैत्र २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।