
बर्दिया । नेपाल युवा परिषद, बर्दिया शाखाकाे आयाेजना तथा डिभिजन वन कार्यालय बर्दियाको सहयाेग, राजापुर नगरपालिका, सव वन डिभिजन राजापुर, डाँफे सामुदायिक बन उपभोक्ता समुह ,राजापुर, राजापुर युवा सञ्जालकाे समन्वयमा बृक्षारोपण सम्पन्न भएको छ ।
बुधबारका दिन नेपाल युवा परिषद् बर्दिया आफ्नाे पहिलाे कार्यक्रमकाे रूपमा राजापुर नगरपालिका-४ घुम्ना स्थिति डाँफे सामुदायिक वनमा १०१ थान भन्दा बढी वृक्षारोपण गरि मनाएको छ।
वृक्षारोपण कार्यक्रम नेपाल युवा परिषद, बर्दियाका अध्यक्ष एकनारायण अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि राजापुर नगर उप प्रमुख मनकला कुमारी थारू र विशेष अतिथि -४ नं वडा अध्यक्ष बिदुर पाेख्रेल लगायत वडा सदस्यज्यूहरू, युवा सञ्जाल अशाेक गुप्ता सामुदायिक वनका सदस्यहरु, व्यापारी, युवाहरूकाे उपस्थिति रहेको थियो ।