बाँकेको खजुरामा घाँटी रेटिएको अवस्थामा फेला परे दम्पत्ती

|

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको बेला सो घटना भएको पाइएको छ ।

बाँके प्रहरीका अनुसार खजुरा–३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पु¥याएको थियो । उनिहरुको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुबै जनालाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ ।

उनिहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताए । उनले दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनिहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको बताए ।

आईतबार मात्र नेपालगञ्ज–२१ मा घाँटी रेटिएर फालिएको अवस्थामा युवकको शव फला परेको थियो ।

२०८० चैत्र १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।