विद्यालयमा विश्राम कक्ष ब्यबस्थापनका लागी सामाग्री हस्तान्तरण

|

बर्दिया । विद्यालयमा विश्राम कक्ष ब्यबस्थापन पछि महिनावारीका बेला छात्राहरू अब कहिले पनि बिद्यालय छुट्नु पर्नेछैन । यहि चैत १७ गते मधुवन नगरपालीका वडा नं २ सुर्य आधारभुत बिधालय रजवारा,गेरुवा गाउपालीकाको वडा नं ५ मा रहेको सरस्वती आधारभुत बिद्यालय,ठाकुरबाबा नगरपालीका वडा नं १ जनचाहना आधारभुत बिधालय डुम्ब्रेनी प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणिय बिशिष्टता समुह बि-ग्रुपको आर्थिक साझेदारि र शिक्षा युवा तथा खेलकुद शाखा बर्दियाको समन्वयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माणका लागी बेड, बेड म्याटिक्स,प्याड राख्ने क्याबिन,कार्पेट,पीफम,इलोक्टोनिक बर्निङ मेसीन,बेट सिट, बलाङकेट, महिनावारी कक्ष का लागी आबश्यक करिब रु ४,२९,५१८ बरावरको सामाग्री ३ वटा बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

स्थानिय तह शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा तिन वटा विद्यालयको कक्षा ६ कक्षादेखि ८ कक्षा सम्मका करिब ३०० भन्दा बढी छात्राले सो सुविधाको प्रयोग गर्न पाउने छन् । ‘विशेष गरी पहिलोपटक महिनावारी हुने छात्रालाई बढी पीडा हुने र महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने भएकाले यस प्रकारका समस्या नहोस् भनेर महिनावारी विश्राम कक्षको स्थापना गरिदिएको हो’ सरस्वती आधरभुत बिधालयका प्रधानाध्यापक योगेन्द्र कुमार चौधरीले संस्थाले विश्राम कक्षका लागि उपलब्ध गराएको सामाग्रीको बालीकाको सहभागीतामा यसको सदुपयोग गर्ने र बिद्यालयमा बालिकाहरु महिनावारी भएको बेला बिद्यालयमा अनियमित हुने दर घट्ने बताउनुभयो । उहाँले बालिकाका शिक्षाका लागी गरिएको सहयोगप्रति प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय बिशिष्टता समुह बि- ग्रुपलाई बाँकेलाई बिषेश धन्यबाद दिनुभयो ।

प्लान इन्टरनेशनल नेपाल, बि-ग्रुपको आर्थिक साझेदारीममा मधुवन नगरपालिका, गेरुवा गाउँपालिका तथा ठाकुरबाबा नगरपालीकाका परियोजना बिद्यालय क्रमश सुर्य आधारभुत बिधालय रजवारा, सरस्वती आधारभुत बिद्यालय, जनचाहना आधारभुत बिधालयका प्राधानाध्यापकको रोहवरमा सामाग्री हस्तान्तरण गरिएको परियोजना सयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

२०८० चैत्र १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।