डुडुवा । बाँकेमा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तरगत बाँकेको डुडुवामा रहेको पालिका स्तरिया युवा क्लबको त्रैमासिक बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बैठकमा स्थानिय योजना तर्जूमा बजेट विनियोजन विधि बारे जानकारी प्रदान गराउन र स्थानिय योजना तर्जूमाका विभिन्न ७ चरणको प्रक्रियामा युवाहरुको सक्रिय सहभागिता बढाउनका लागि छलफल कार्यक्रम गरिएको थियो ।
बैठकमा युवा क्लबले स्थानिय तहमा संचालन गरेको क्रियाकलाप तथा क्लबका सदस्यहरु सहभागि भएको कार्यक्रमहरुको बारेमा सिकाई अदान प्रदान गरिएको थियो ।कार्यक्रममा सहभागि युवाहरु लाई विभिन्न समुहमा विभाजन गरि डुडुवामा रहेका युवाका सवालहरु पहिचान गरि प्रथामिकिकरण समेत गरिएको थियो ।
डुडुवा पालिका स्तरिय युवा क्लब संजालका पदाअधिकारी अनुसार डुडुवामा बालविवाह, किशोरीहरुको प्रजनन् स्वास्थ्य ,छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड, शैक्षिक गुणस्तर सुधार ,स्वास्थ्य संस्थामा सहज र किशोर किशोरी मैत्रीपूर्ण वातावरण ,युवा बेरोजगारी,खेलकूद मौदान,योजना तर्जुमा प्रक्रिमा युवा सहभागिता,घरेलु तथा लैगिंक हिंसा,विद्यालयमा स्वास्थ्य फोकल पर्सन, युवा सूचना केन्द्र,लागुऔषध दुव्र्यसन,युवा निति,युवा उघमशिला लागएतका समस्याहरु रहेको बताएका छन् । सो समस्याहरु लाई प्रथामिकिकरण गरि विभिन्न कार्यक्रम संचालनका लागि कार्ययोजना समेत निर्माण गरिएको छ ।
कार्यक्रममा शुशिला सापकोटा,गुलजार अहमद मुकेरी,राजन बर्मा,रेहा थापा,केशव शम्शेर राणाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रकमा ६० जना युवाहरुको उपस्थिती रहेको थियो । युवा क्लब संजालका अध्यक्ष राकेश कुमार यादवको अध्यक्षतामा समपन्न भएको थियो ।