भर्जिनिया हर्नडन निवासी पार्वती रेग्मी पौडेलको मेरिल्याण्डमा गाडी दुर्घटनामा निधन

|

अमेरिका/अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहर बसोबास गर्ने पार्वती रेग्मी पौडेलको मेरिल्याण्डमा गाडी दुर्घटनामा परि निधन भएको छ । ४ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको परिवारका नजिकका शुभचिन्तक /छिमेकीले ईनेप्लिजलाई बताए । दाह संस्कार भोली मार्च २८ बिहिबारका दिन गरिने भएको भएको छ भने सामाजिक संजालमा पनि राखिएको छ ।

डिसी महानगर क्षेत्रबाट संचालित स्थानीय बिदेशी समाचार एबिसी७(डब्लुजेएलए)मा प्रकाशित समाचार अनुसार प्रिन्स जर्ज काउन्टीमा गत आइतवार राति करिव ६ बजे तिर घटना भएको थियो ।

प्रहरी अधिकारीहरूका आइतबार साँझ ६ बजेतिर मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको मलार्ड ड्राइभ तथा लौरेल बोवी रोड(सडक)को क्षेत्रमा दुईवटा सवारी साधन ठोक्किएका थिए ।

पार्वती रेग्मी पौडेललाई अस्पताल पुर्याइएपछि उनलाई मृत घोषित गरिएको थियो । दुर्घटनामा संलग्न अन्य चारजनालाई पनि अवस्थामा अस्पताल लगिएको थियो । परिवारका नजिकका शुभचिन्तक /छिमेकीले इनेप्लिजलाई दिएको सूचना अनुसार वाशिंगटन डिसी घुमेर त्यहाँबाट न्यूयोर्क घुम्ने जाने क्रममा दुर्घटनामा गाडी परेको थियो ।

दुई जना पाहुनाहरु मध्ये एक जना महिलाको अवस्था चिन्ताजनक रहेको छ । हर्नडन भर्जेनिया निवासी पार्वती रेग्मी पौडेलको ४६ वर्षको उमेरमा निधन भएको छ ।
अन्तिम संस्कार मार्च २८ का दिन बिहिबार १ बजे देखि ३ बजे सम्म राखिएको छ । असामयिक निधनले डिसी क्षेत्रका नेपाली समुदाय मर्माहत भएका छन् । स्व पार्वती रेग्मी पौडेलको दाह संस्कार भर्जिनिया राज्यको स्यानटिली शहरमा हुने भएको छ ।

यस दुखको घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रती धैर्य धारण गर्ने शक्ती प्राप्त होस भन्दै समवेदना व्यक्त गर्दछौ ।

अन्तिम संस्कारमा सहभागी हुने बारे बिस्तृत जानकारी :

Funeral service:
Time: Thursday, March 28, 1:00-3:00pm
Location: Direct Cremation Services
4425 Brookfield Corporate Dr #100
Chantilly, VA 20151

साभार :ईनेप्लिज

२०८० चैत्र १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।