काठमाडौं
कोरोना भाइरस संक्रमण बढ्ने क्रम सोमबार पनि यथावत रहेको छ । पछिल्लो २४ घन्टाभित्रको मुलुकका विभिन्न २२ प्रयोगशाला परीक्षणअनुसार नेपालमा ४ सय ७६ जनामा सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसअनुसार ३ सय ६४ जना पुरुष हुनुहुन्छ भने १ सय १२ जना महिनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
नेपालका ७७ जिल्लामध्ये अहिलेसम्म एउटा रसुवामा मात्रै कोरोना भाइरस संक्रमित भेटिएको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिइएको जानकारीअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ । जसमा महिला १ हजार ५ सय ८६ जना हुनुहुन्छ भने पुरुष संक्रमितको संख्या ११ हजार ६ सय ६२ जना हुनुहुन्छ ।
जसअनुसार सोमबार १ सय २१ जनाले कोरोना युद्धमा विजय प्राप्त गर्न सफल भई घर फकर्नु भएको हो । जसमा महिला १३ जना हुनुहुन्छ भने पुरुषहरु १ सय ८ जना भएको मन्त्रालयले जनाएको छ । कोरोना उपचार निको भएर घर फर्कनेको कुल संख्या अब ३ हजार १ सय ३४ जना पुगेको छ । जसमा पुरुष २ हजार ८ सय ६६ र महिला २ सय ६६ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनु भयो ।
कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टाभित्र थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमणलाई पराजित गरी सोमबार पनि केही व्यक्ति घर फर्कन सफल हुनुभएको छ । ललितपुरको स्टार अस्पतालमा एक जना कोरोना संक्रमतिको मत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा डा. गौतमले जानकारी दिनुभयो । रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति अस्पतालमा मृत्यु भएको हो । तर कोरोना पुष्टि भने १४ गतेमात्र भएको थियो ।
उनको श्वासप्रश्वाससम्बन्धी समस्या थियो । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।