
बर्दिया / मधुवन नगरपालिका बर्दियामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गीक रुपान्तण र सुरक्षित विद्यालय कार्यढाचा सम्बन्धि दुईदिने अभिमुखिकरण सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी बातावणीय विशिष्टता समुह (बि–ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालिकाको सहकार्यमा अभिमुखिकरण शुरु भएको थियो ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गीक रुपान्तरण र सुरक्षित बिद्यालय कार्य ढाँचा सम्बन्धि अभिमुखिकरणमा सुरक्षित सिकाई वातावरण मार्फत रोजगार उन्मुख शिक्षाको व्यवस्थापन गर्ने विद्यालयको रुपमा स्थापित हुने, बालमैत्री विद्यालय सिर्जना गरी काम प्रति सकारात्मक सोच विकास र उत्पादन गर्ने उत्कृष्ठ थलोको रुपमा विद्यालयलाई विकसित बनाउने लगायत विषयमा छलफल गरिने योजनाका साथ अभिमुखिकरणको सम्पन्न गरिएको परियोजना फिल्ड सुपरभाइजर गंगा गूरुङ्गले जानकारी दिनु भयो ।
आगामी दिनहरुमा विद्यालयको लैङ्गीक रुपान्तरण र सुरक्षित बिद्यालय कार्य ढाँचामा रहेको दुरदृष्टी प्राप्तीका लागि निश्चित उद्देश्य तय गर्नुपर्ने, बालकेन्द्रित रचनात्मक सिकाई मार्फत् उच्चतम सिकाई उपलब्धी सुनिश्चितताका लागि प्रेरीत एवम् लगनशिल जनशक्ति उत्पादन गर्ने सस्थाको रुपमा विकास गराउने उद्देश्य अनुसार आगामी दिनमा सामुदायिक बिद्यालयमा हेर्न र देख्न चाहेको बि– ग्रुपका परियोजना प्रबन्ध बिर्खराज उपाध्यायले जानकारी दिनुभयो ।
विद्यालयमा भएका असल अभ्यासहरुलाई अबलम्न गदै बालीकाहरुको बिद्यालय शिक्षामा निरन्तरता शिक्षण सिकाइ कृयाकलापमा सुधार, अभिभावकको सक्रिय सहभागीता गराउन र विद्यालयलाई लैगिंक मैत्री, बालमैत्री वातावरण सृजना गर्नका लागि अपनाउनु पर्ने कुरालाई मध्यनजर गर्दै २ दिने अभिमुखिकरणको सम्पन्न हुने भन्ने सुभकामना मधुवन नगरपालीकाका नगर उपप्रमुख अनिता चौधरीले बताउनु भयो । २ दिन सम्म संचालन भएको अभिमुखिकरण कार्यक्रममा ११ बिद्यालयका ब्यबस्थापन, शिक्षक अभिभावक संघका पदाधिकारी र प्रधानाध्यापक सहित २१ जनाको सहभागीता रहको थियो । उक्त अभिमुखिकरण २ दिन सम्म लामो समय देखि शिक्षा क्षेत्रमा कृयाशिल ब्यक्ति बखत भण्डारीले सहजिकरण गर्नुभएको थियो ।