नेपालमा कोरोना भाइरस संक्रमण बढ्ने क्रम यथावत, थपिए ४६३ नयाँ सक्रमित

|

काठमाडौं ।

कोरोना भाइरस संक्रमण बढ्ने क्रम आईतबारबाट पनि यथावत नै रहेको छ । पछिल्लो २४ घन्टाभित्रको अपडेट अनुसार प्रयोगशाला परिक्षण भए अनुसार नेपालमा ४ सय ६३ जनामा शनिबारबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ । । जसमा महिला १ हजार ४ सय ७२ जना हुनुहुन्छ भने पुरुष संक्रमितको संख्या ११ हजार २ सय ९८ जना हुनुहुन्छ ।

जसअनुसार ३ सय ५८ पुरुष हुनुहुन्छ भने १ सय ५ जना महिनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

स्वाथ्य मन्त्रालयका जानकारी अनुसार मुलुकका विभिन्न जिल्लास्थित आइसोलेसन उपचार गराइरहनु भएको केहि ब्यक्तिहरु कोरोना भाइरस संक्रमणलाई पराजित गरी आइतबार पनि घर फर्कन सफल हुनुभएको छ ।

जसअनुसार आइतबार १ सय ७९ जनाले कोरोना युद्धमा विजय प्राप्त गर्न सफल भई घर फकर्नु भएको हो । जसमा महिला १३ जना हुनुहुन्छ भने पुरुषहरु १ सय ६६ जना भएको मन्त्रालयले जनाएको छ । कोरोना उपचार निको भएर घर फर्कनेको कुल संख्या ३ हजार १३ जना पुगेको छ । जसमा पुरुष २ हजार ७ सय ५८ र महिला २ सय ५५ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनु भयो ।

कोरोना संक्रमणबाट निधन हुनेको संख्या नेपालमा २८ जना पुगेको छ । नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको छ ।

२०७७ असार १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।